• close
  • close
  • pattern
  • close
  • close
  • Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

  • view
  • view
  • Seeing “The  Skin of Chitwan”

    reflection

    Seeing “The  Skin of Chitwan”

    15 June, 2023

  • view
  • view
  • No image found

    Uncategorized

    x

    Hello world!

  • view
  • view
  • ← back to all blogs is rendered server-side from the queried post (see npl_blogs_single_content()). No SVG nav here. -->
    August 13, 2018Nisha Rai, Diwas Raja KC

    सम्झनामा सरस्वती राई

    सम्झनामा सरस्वती राई

    13 August, 2018

    सम्झनामा सरस्वती राई

    essay

    २०१५ सालको आमनिर्वाचनमा सुदुर पश्चिम डडेलधुराबाट मात्र एक जना महिला उम्मेदवार द्वारिकादेवी ठकुरानी विजयी भएका ताका पूर्वी नेपालबाट सरस्वती राईले आँफूलाई नोमिनेसन गरेकी थिइन् । सरस्वतीलाई चुनाब जित्ने पक्का विस्वास थियो तर तिनताका वी पी कोईराला र सुवर्ण शमसेरले उनलाई मनोनयन फिर्ता लिन ढिपी गरे र चुनाबमा उठ्न दिएनन् । सरस्वतीको मनमा गहिरो ठेस लाग्यो […]

    default-img
    prev
    next

    close

    close

    default-img
    prev
    next

    मेचीकी दिदी भनेर चिनिने सरस्वती राईले सन् १९५० को दशकभरि इलाममा बालिकाको शिक्षाका लागि अभियान चलाएकी थिइन् । सन् १९५९ को निर्वाचनमा उम्मेदवारी दिन आफ्नो नाम अघि सारेकी राईलाई उनका पुरुष सहकर्मीहरूले सही समय नआइसकेको भनेर हतोत्साहित पारेका थिए । त्यसको लगत्तैको वर्षदेखि उनले इलाम पञ्चायतको महिला सङ्घमा जिल्ला अध्यक्षको हैसियतमा आफ्नो लामो जीवनवृत्ति सुरु गरिन् । आफ्नो कार्यकालमा सामाजिक विभेदबारे चेतनावृद्धि गर्न तथा महिला साक्षरता प्रवर्धन गर्न उनले देशका विभिन्न क्षेत्रको भ्रमण गरिन् ।

    २०१५ सालको आमनिर्वाचनमा सुदुर पश्चिम डडेलधुराबाट मात्र एक जना महिला उम्मेदवार द्वारिकादेवी ठकुरानी विजयी भएका ताका पूर्वी नेपालबाट सरस्वती राईले आँफूलाई नोमिनेसन गरेकी थिइन् । सरस्वतीलाई चुनाब जित्ने पक्का विस्वास थियो तर तिनताका वी पी कोईराला र सुवर्ण शमसेरले उनलाई मनोनयन फिर्ता लिन ढिपी गरे र चुनाबमा उठ्न दिएनन् । सरस्वतीको मनमा गहिरो ठेस लाग्यो तैपनि आफू चुनाबमा नउठे पनि उनले काँग्रेस पार्टीलाई चुनाबमा सघाइन ।तर चुनाब सकेपछि पार्टीले राईका कुराहरु सुन्न चाहेन त्यसको झोंकमा उनले पार्टी परित्याग गरिन् ।
    २०१७ मा नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात भयो ।पञ्चायती व्यवस्थामा वर्गीय संगठनहरुको गठन गर्ने लक्ष्य थियो । राई सोही अनुसार २०१८ सालमा इलाम जिल्लाको महिला संगठनको चुनाबमा जिल्ला सभापतिमा बिजयी भइन् र महिला हकहित र अधिकारका लागि लड्न थालिन् ।

    उसो त सरस्वती राई इलाममै बसोबास रहदा ʻछोरीले पनि पढ्न पाउनुपर्छ र इलाममा एउटा कन्या स्कूल खोलिनुपर्छ’ भनेर निरन्तर प्रयास थालेकी थिइन् । २००७ सालमा राणाशासनको अन्त्य भएर पहिलो पटक गठन भएको मन्त्रीपरिषद्का गृहमन्त्री विश्वेशरप्रसाद कोइराला इलाम भम्रणमा आउदा राईले स्थानीय महिलाहरु भेला गरी ʻछोरीले पनि पढ्न पाउनुपर्छ छुट्टै कन्या स्कूल हुनुपर्छʼ भनेर नारा लाउदै जुलुसमा सहभागी भएकी थिइन् । सोही माग राखेर करिब ३ सय महिलाहरुको सहीछाप गरी निवेदन मन्त्रालयमा पठाएको डेढ महिनापछि इलाममा छोरीहरुको लागि कन्या स्कूल खोल्ने स्वीकृति प्राप्त भएको थियो । राईकै पहलमा इलाममा छोरीहरुका लागि कन्या स्कूल खोलिएको थियो ।

    राईले महिला संघमा सक्रिय हुदाँ महिलाहरुलाई साक्षर बनाउन नेपालभरि साक्षरता अभियान लागू गराएकी थिइन् । त्यसपछि पञ्चायती व्यवस्थामै महिला हक अधिकारका कुरा गर्दै राजनीति सक्रिय हुदैँ राईलाई
    अघि बढ्न पनि सहज भयो ।

    २०१७ साल पछि विस्तारै पञ्चायती व्यवस्थामा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन्। २०३४ सालमा गठन भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन्। त्यसक्रममा उनले नेपालका महाकाली, सेती, भेरी, कर्णाली अञ्चलका विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी थिइन् ।

    शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन्। त्यसैले त उनी ‘मेजर्नी गुरुआमा‘, ‘मेचीकी दिदी‘, ‘सरस्वती दिदी‘, ‘सरस्वती गुरुआमा‘, ‘इलाममा महिला जागरणकी अग्रज‘ आदि नामबाट परिचित छिन।

    पञ्चायती व्यवस्थाको अन्त्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। बुढेसकालको कठिन अवस्था गुजारि रहदारहदै झण्डै २ महिना अघि उनको मृत्यु भएको हो । 

    ← back to all blogs

    STAY CONNECTED

    Join the mailing list to receive updates from Nepal Picture Library.