• close
  • close
  • pattern
  • close
  • close
  • introduction

    updates contact us About Us The people
  • About Us
  • The People
  • Updates
  • Contact Us
  • October 15, 2024

    Travelling Feminist Memory Project (FMP) – Phase I

    Travelling Feminist Memory Project (FMP) – Phase I

    नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” को देशव्यापी यात्रा सुरु गर्न लागेको जानकारी गराउँदैछ। यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ।

    यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्न चाहन्छ।

    यो देशव्यापी यात्रा विभिन्न सात क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ।

    प्रदर्शनीको पहिलो चरण छिटै वीरगंज र जनकपुरमा सुरु हुँदैछ। प्रदर्शनीका मिति र स्थलको विवरण यस प्रकार छ:

    वीरगंज
    प्रदर्शनी स्थल : त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमीक विद्यालय, बिर्ता
    मिति : कार्तिक २, ३, र ४ गते
    समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

    जनकपुर
    प्रदर्शनी स्थल : तिरहुतिया गाछी
    मिति : कार्तिक ८, ९ र १० गते
    समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म

    सबै प्रदर्शनीहरू जनताका लागि नि:शुल्क र खुला रहनेछन् ।

    ← back to all updates

    STAY CONNECTED

    Join the mailing list to receive updates from Nepal Picture Library.